धरानमा भएको गौ हत्याको विरोधमा दाङमा प्रदर्शन, बुधबार अर्को शक्तिशाली प्रदर्शन

घोराही । धरानमा गौहत्या गरेर सामूहिक भोज गरेको विरोध र शान्तिका लागि दाङको घोराहीमा गौ संरक्षण अभियानले प्रदेशन गरेको छ ।

सोमबार घोरही बजारमा राष्ट्रिय एकता एवम् गौ संरक्षण अभियानले शान्तिपूर्ण सदभाव र्‍याली प्रदर्शन गरेको अभियानका अगुवा गणेश बेल्बासेले बताएका छन् ।

उनले भने, ‘गौ हत्याको विरोधमा हामीले शान्तिपूर्ण सदभावना र्‍याली निकालेका छौँ । सबै धर्मप्रति समान व्यहावर होस् भनेर संविधानको पालना गर्न अनुरोध गर्दै प्रदर्शन गरेका छौँ ।’

धरानसहित मुलुकका विभिन्न स्थानमा भएका गौ हत्याको विरोधमा सोमबार घोराहीमा शान्तिपूर्ण सदभाव र्‍याली निकालिएको छ । र्‍यालीमा स्वस्फुर्त रुपमा सयौं हिन्दु धर्मालम्बीहरूको सहभागी रहेको थियो ।

भदौ १३ गते बुधबार अभियानले घोराहीमा बिहान साढे दश बजे पृथ्वीचोकबाट बृहत र्‍याली गर्ने कार्यक्रम राखिएको बेल्बासेले बताए ।

Published : Monday, 2023 August 28, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया