बौद्ध एरियाका टोले गुण्डा सुलभ पेस्तोलसहित पक्राउ

काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न सुरज श्रेष्ठ ‘सुलभ’लाई हतियारसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ घर भएका २८ वर्षीय श्रेष्ठलाई मेड इन यूएसए लेखिएको १ थान पेस्तोलसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठलाई प्रहरीले ४ राउण्ड गोली, म्याग्जिन र १ थान डिजिटल तराजुसहित शक्रबार राति पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले श्रेष्ठलाई हतियारसहित बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठ गण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । चाबहिल घर भई हाल कपनमा डेरा गरी बस्ने श्रेष्ठले रामेछाप घर भई बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेका थिए ।

श्रेष्ठले २०६७ सालमा ज्यानमार्ने उद्योग मुद्दामा कारागार चलान भइ पाँच वर्ष कैद भुक्तान गरी २०७१ सालमा कैद मुक्त भएका थिए ।

Published : Monday, 2023 August 28, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया