धरानमा हर्कराज राईले प्रदर्शन गर्ने, राजा हुँभन्दै धार्मिक आस्थामाथि दिए दोहोरो अर्थ लाग्ने अभिव्यक्ति
काठमाडौं । धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्कराज राईले किराँतीहरूले खसी या बाख्राको मासु खान नहुने बताएका छन् ।
आइतबार साँझ ट्वीट गर्दै नगरप्रमुख राईले भनेका छन्, ‘हामी मुन्धुमी किराँतीले खसी या बाख्राको मासु खानु हुँदैन । त्यो हाम्रो आस्थासंग जोडिएको जीव हो ।’
नगरप्रमुख राईले दोहोरो अर्थ लाग्ने गरेर ट्वीट लेखेपछि धेरैको दिमाग हल्लिएको छ । राईले यो ट्वीट किन र कसका लागि लेखेका हुन् ? भनेर प्रश्न उठेको छ ।
नगरप्रमुखका दायित्व भनेको समाजमा एकता, मेलमिलाप र धार्मिक संहिष्णुता बनाइ राख्नु प्रमुख दायित्व हो । धार्मिक आस्थको विषयलाई लिए धरानमा विभिन्न खालका अतिवादी घटनाहरू भइरहेका बेला नगरप्रमुख राईको यो ट्वीटले बबाल मच्चाएको छ ।
त्यति मात्रै होइन नगरप्रमुख राईले आफूलाई राजाको उत्तराधिकारी भनेर घोषणा गरेका छन् ।
उनले भने, ‘यो देशमा राजा नै चाहिएको भए म पनि यो देशमा ११२५ वर्ष शासन गर्ने किराँती राजा यलम्बर किरात कूलको उतराधिकारी हुँ !’
नगरप्रमुख राईले भदौ १५ गते धरानमा शक्ति प्रदर्शन पनि गर्न लागेको जनाएका छन् । गाई र गोरु काटेर सामूहिक भोज खाएको विरोधमा शनिबार धरानमा हिन्दु धर्मालम्बीहरूले शान्ति र्याली निकालेका थिए । हिन्दुको शान्ति र्यालीलाई काउन्टर दिन नगरप्रमुख राईले भदौ १५ गते शक्ति प्रदर्शन गर्न लागेका हुन् ।
नगरप्रमुख राईले लेखेका छन्, ‘म भ्रष्टाचारविरुद्ध लड्दा मलाई चौतर्फी घेरा हाल्दैछन् । मलाई माया गर्ने र यो देशलाई माया गर्ने जति सबैलाई यो आउने १५ गते र्यालीमा सहभागी भैदिन अनुरोध गर्दछु । सबै सबैलाई अनुरोध ।’
‘यो आउने १५ गते दिनको १ बजे धरान १३ को जिरो पोइण्टमा भेटेर सुशासन सम्बन्धि सचेतना र्याली निकालिनेछ । भ्रष्टाचारविरुद्ध आवाज उठाउन चाहने जति सबै आउनु होला । हेरै भ्रष्टाचार नचाहने कति रैछौँ’, उनले भने ।
हिन्दुको मन्दिर नजिकै पार्टी प्यालेस बनाउने अनमुति लिएर धरानमा क्रिश्चियनले चर्च निर्माण गरेका छन् । राईले क्रिश्चियनलाई बढावा दिएर चर्च बनाउन अनुमति दिएको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया