डा.आरजु राणाद्वारा संसदको कृषि समितिको सभापतिमा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा मनोनयन दर्ता गराएकी छिन् ।

आइतबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा डा.राणाले समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी डा.राणा कृष्ण र वातावरणका विषयमा विज्ञ मानिन्छिन् ।

Published : Sunday, 2023 August 27, 3:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया