एमालेको अम्वासाको कार्यक्रम भताभुङ्ग

काठमाडौं । एमालेले सिराहाको धनगडीमाइ नगरपालिका, अम्वासमा गर्न लागेको सचिवालय बैठक स्थगित गरेको छ ।

अम्वासमा भदौ नौ गते तय भएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताएका छन् ।

सबै तयारी पूरा भएपनि बैठकस्थल डुबानमा परेकाले अर्को सूचना जारी नभएसम्म भदौ नौका सबै कार्यक्रम स्थगित भएको छ ।

एमालेले २०४६ सालमा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको उक्त स्थानमा यसपटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो ।

Published : Friday, 2023 August 25, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया