साम्प्रदायिकता चाहने तत्वबाट गोरु काटेर भोज गरेको बारे कांग्रेसद्वारा गृहमन्त्रीको जवाफ माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले धरानमा साम्प्रदायिकता मच्चाउन खोज्ने केही तत्वबाट गोरु काटेर भोज खाएको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले गलत मनसाय बोकेका मानिस र तत्वहरूका विषयमा कारबाही के भएको छ ? जानकारी माग गरेका छन् ।
उनले भने, ‘नेपालको कानूनले शान्तिपूर्ण ढंगबाट आफ्नो धर्म, परम्परा मान्न पाउने अधिकार सुनिश्चित गरेको छ । हाम्रो आपसी एकता, सदभाव र संहिष्णुताको विशिष्ट सभ्यतालाई चुनौती दिने गरी धरानमा घटाइएको उक्त घटना अत्यन्तै निन्दनीय छ ।’
‘बैद्धिक सनातन धर्मलाई कमजोर बनाउने, त्यसका आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्था केन्द्रहरूमा धावा बोल्ने क्रम कायम गरिएको छ’, भण्डारीले भने ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले भने, ‘केही गलत मनसाय बोकेका नेपालमा शान्ति, स्थिरता, मेलमिलाप र एकता देख्न नचाहने अतिवादीहरूले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको कुनै कठिनाइ छैन ।’
उनले भने, ‘यस्ता अराजकहरूलाई समाजले निगरानी गर्दै हाम्रो विशिष्टतालाई जोगाइ राख्न हार्दिक अनुरोध गर्न चाहन्छु । नेपालमा शताब्दियौँदेखि चल्दै आएको धर्म संस्कृति र परम्परा कमजोर बनाउने तथा धर्म संस्कृतिको नाममा आपसी सदभाव द्वन्द्व निम्ताउनका लागि अतिवादी तत्वहरूका अभद्र क्रियाकलाप बढ्दै गएका छन् ।’
‘प्रलोभनमा पारेर धर्म परिवतर्न गराउने, बैदिक सनातन धर्मको अपमान गर्ने, हिन्दु धर्ममा रहेको शान्ति प्रिय र उच्च संस्कारलाई दुष्कार्ने, अन्य धर्मको बढाइचढाइ प्रचार गर्ने जस्ता निरन्तर यस्ता गतिविधि बढ्दै गएकोले देशमा समाजिक, धार्मिक सदभाव र एकतालाई यसले खलल पुर्याएको तथा यसले भविष्यमा मुलुकलाई गम्भीर दुर्घटनामा लैजाने संकेतको कारणले यो घटनाको बारेमा के भइरहेको छ नेपाल सरकारको ? गृहमन्त्रीमार्फत सदनलाई तत्काल जानकारी गराइयोस्’, भण्डारीले भने ।
‘केही दिन अगाडि धरानमा घटाइएको अस्वभाविक र अराजक घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ’, उनले भने, ‘गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उछृङ्खल तत्वहरूले सामाजिक सञ्जालमार्फत प्रचार खोजेको देखिन्छ ।’
‘नेपालमा बहु सांस्कृति, बहुधार्मिक, बहुभाषिक मुलुक हो । परापूर्वकालदेखि विभितता, अबध एकता, अगाध श्रद्धा र समानता रहँदै आएको छ’, उनले भने, ‘आपसी सदभाव तथा संहिष्णुता राख्नका लागि सबै समुदाय अत्यन्तै जिम्मेवार आफ्नो धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको गौरवपूर्ण इतिहाँस र परम्परा छ ।’
उनले भने, ‘बैद्धिक परम्परा र संस्कृतिको विशाल उपस्थितिका बीच सबै धर्म, समुदाय, परम्परालाई उच्च सम्मान संरक्षण तथा सम्बर्द्धन मद्दत हुँदै आएको तथ्य जानकारी नै छ ।’
धरानमा केही अराजक तत्वले कानूनबाट बर्जित कार्यहरू गर्नुका साथै गोरु काटेर सामुहिक भोज गरेको भिडियो सामाजिक सञ्जालमा हालेका छन् । उनीहरूले साम्प्रदायिकता फैलाउन खोजेका छन् । त्यसका विषयमा कांग्रेसले पहिलो पटक संसदमा कुरा उठाउँदै जवाफ माग गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया