गृहमन्त्री श्रेष्ठलाई आङकाजीले पनि पत्याएनन्, माओवादीका कारण निरिह बने प्रहरी र सीडीओ
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले साना र झिनामसिना विषयमा स्टन्ट गरेर हीरो बन्न खोज्ने चक्करमा छन् ।
मूल विषयमा श्रेष्ठले आफूलाई केन्द्रित बनाउन सकेका छैनन् । शान्ति सुरक्षा बनाउने विषयमा गृहमन्त्री श्रेष्ठले गतिलो काम गर्न नसकेको भनेर आलोचना भइरहेका छन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले पनि काम गर्न सकिरहेका छैनन् । हरेक घटनामा माओवादीका नेता कार्यकर्ता जोडिएपछि गृह मन्त्रालयबाटै फोन आउने गरेपछि सीडीओ र प्रहरीले गतिलोसँग काम गर्न सकिरहेको छैन ।
कोशी प्रदेशतिर अतिवादीहरूले साम्प्रदायिकता फैलाउन खोजेका छन् । धरान उप–महानगरपालिकामा अतिवादीहरूले हिन्दु धर्मामाथि खुलेआम अतिक्रमण गर्दा पनि गृहमन्त्री श्रेष्ठले एकशब्द बोलेका छैनन् । हिन्दुहरू संयम भएर बसेका छन् ।
क्रिश्चियन र पश्चिमा राष्ट्रको हरियो डलर खाएर बसेका केही अभियन्ता भनाउँदाहरूले यूट्युबसहितका सामाजिक सञ्जालमा गाई काटेर भोज गरेका भिडियो र तस्बिर राखेका छन् । गाई काट्नेलाई कडाभन्दा कडा सजायको माग गरेर राप्रपाले माग समेत गरिसकेको छ ।
गृहमन्त्री श्रेष्ठले बोल्न पनि सकेका छैनन् । बरु काठमाडौंमा कसरी स्टन्ट गरेर हीरो बन्न सकिन्छ भन्ने चक्करमा छन् । केही दिन अगाडि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिलाई लिएर उत्पात मच्चाएका थिए । प्रहरीमाथि आक्रमण गर्ने ती अतिवादीहरूको पक्षमा नै गृहमन्त्री श्रेष्ठले समर्थन गरेर गृह मन्त्रालयमा आँखाबाट आँशु झारेर रोका थिए ।
अतिवादी गतिविधिहरू गर्दै आएका आङकाजी शेर्पाले घरमा दश किलो गोरु र गाईको मासु राखेको भनेर गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरलगायतलाई चुनौती दिएका छन् । गाई र गोरुको मासुको फरकका बारेमा आङकाजी शेर्पा र धरानतिरका कथित पहिचानवादीका नाममा उत्पात मच्चाइरहेकाहरूले भिडियो, तस्बिरहरू छताछुल्ल बनाएका छन् । उनीहरूलाई कारबाही गर्ने विषयमा गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवर मौन छन् । अहिलेसम्म कारबाही प्रक्रिया के भएको छ हेडक्वाटर र श्रेष्ठको सचिवालय बोलेको छैन । आईजीपी कुँवर पनि केही गरौँ भन्ने पक्षमा छन् । आईजीपी कुँवरले गृहमन्त्री श्रेष्ठलाई नाघेर जाने पक्षमा छैनन् ।
६० किलो सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई बचाउन गृहमन्त्री श्रेष्ठलाई भ्याइनभ्याइ भइरहेका बेला आङकाजी शेर्पाहरू जस्ता अतिवादीहरू सलबलाउनु स्वभाविक पनि हो । श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा पनि गतिलो अनुसन्धान गराउन नसकेको आरोप छ । बालुवाटार जग्गा काण्डको सीआईबीको प्रतिवेदनले नै श्रेष्ठले के गर्न खोजेका थिए प्रष्ट बनाइसकेको छ । चिकित्सकको नक्कली प्रमाण पत्र, ६० किलो सुन काण्डका बारेमा गृहमन्त्री श्रेष्ठ कमजोर भइसकेका छन् । श्रेष्ठले माओवादी नेताहरू बचाउन खोज्दा हाइलेबलका सबै अनुसन्धानलाई कमजोर बनाएको आरोप प्रहरीले नै लगाउन थालेका छन् ।
गृहमन्त्री श्रेष्ठले विगत ४ महिनादेखि काठमाडौंको रत्नपार्कमा टेन्ट बनाएर कथित मिटरव्याज पीडितका नाममा माओवादी केन्द्रका नेता गिरिजारमणि पोखरेलका सहयोगीलाई पालेर राखेका छन् । २०/२५ जनाको समूहलाई ४ महिनादेखि भोजभतेरसहित राखिएको छ । त्यसको खर्च कसेले दिएको छ ? प्रश्न उठेको छ । मिटर व्याजको समस्या समाधान गर्न सरकारले कानून नै बनाउन लागेको छ । यस्तो अवस्थामा उनीहरूलाई प्रहरी लगाएर रत्नपार्कमा लखेट्नु पर्ने थियो । गृहमन्त्री श्रेष्ठले उनीहरूलाई हटाउन दिएका छैनन् ।
माइतीघर मण्डलामा पनि अदालतमा गइसकेका विषय र प्रहरीले कानून कारबाहीको प्रक्रियामा लगेका कुरालाई लिएर दैनिक सरह धर्ना बसेका छन् । उनीहरूलाई पनि हटाउनुपर्नेमा गृहमन्त्री श्रेष्ठ निरिह बनेर बसेका छन् ।
उता, एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो सुन तस्करी प्रकरणमा सत्ता पक्ष नै संलग्न रहेको आफूहरूको निष्कर्ष रहेको दाबी गरेका छन् ।
बुधबार वीरेन्द्रनगरमा पोखरेलले त्यही निष्कर्षका आधारमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन माग गरेको बताएका हुन् । उनले सुनको अवैध कारोबारका लागि पशुपतिको जलहरी प्रकरण उठाइएको समेत बताए ।
महासचिव पोखरेलले भने, ‘सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइयो । दुई महिनामा यति ठूलो सुन तस्करी भएको तत्थ्य छ भने एक वर्षमा कति हुन्थ्यो होला । यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्नै कुराको निष्कर्षका आधारमा हामीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भएको पनि महासचिव पोखरेलले बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थीका मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भयो । गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो ।’
गृहमन्त्री श्रेष्ठले बाहिर बोलेअनुसारको काम गरेका छैनन् । श्रेष्ठलाई सानो समूहको गिरोहले चलाएको आरोप छ । श्रेष्ठका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असर परिरहेको छ । श्रेष्ठका कारण सरकार पनि बदनाम भइरहेको छ । संभवत गृहमन्त्री श्रेष्ठलाई नहटाउने हो भने अहिलेको गठबन्धनको सरकारको आयु लामो छैन । यो विषयमा प्रधानमन्त्री दाहाल पनि जानकार छ ।
प्रधानमन्त्री दाहालले आफू निकटका केही नेताहरूलाई गृहमन्त्री श्रेष्ठका कारण निकै समस्यामा परेको बताउने गरेका छन् ।काम गर्न खोज्ने प्रहरीलाई माओवादी र गृहमन्त्रीका कारण मनोबल कमजोर भएको चर्चा छ । प्रहरी र सीडीओहरूले खुलेर काम गर्न सकिरहेका छैनन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया