हँगामा मच्चिएको ६० किलो सुनको गुणस्तर कस्तो छ ?

काठमाडौं । हङकङबाट तस्करी गरेर भित्र्याइएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट पाइएको छ ।

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा सुन ९९९ प्रतिशत शुद्ध रहेको पुष्टि भएको छ । सुनलाई बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर गुणस्तर वर्गीकरण गर्ने गरिन्छ । सुन उच्च गुणस्तरको फेला परेको छ ।

सरकारको अनुमति पाएमा कानून अनुसार तस्करीको सुनलाई राष्ट्र बैंक आफैंले खरिद गर्न तयार गरेको बुझिएको छ ।

सुनलाई ब्रेक–सुबाट निकाल्दा परिमाण ६० किलो ७८९ ग्राम कायम भएको थियो । त्यसलाई गाल्दा घटेर ६० किलो ७१६ ग्राम कायम भएको छ ।

सुन गालेर बिस्कुट बनाएपछि राष्ट्र बैंकले सुनको गुणस्तर मापन गर्दा सबैभन्दा उच्च गुणस्तरको भेटिएको छ ।

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक र नेपाली नागरिकहरू पक्राउ परेका छन् । उनीहरू उपर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2023 August 20, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया