गोरु काटेर भोज गर्ने उछृङ्खल तत्वलाई कारबाही गर्न कांग्रेस नेता भण्डारीको माग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले धरानमा गाईको हत्या गरेर मासु खाएको घटनाप्रति चिन्ता जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शनिबार कांग्रेसका नेता भण्डारीले विज्ञप्ति जारी गरेर शताब्दिऔँदेखि चल्दै आएका धर्म, संस्कृति र परम्परालाई कमजोर बनाउने तथा धर्म संस्कृतिको नाउँमा आपसी सदभाव खल्बल्याई द्वन्द्व निम्त्याउनका लागि अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप बढ्दै आएको बताएका छन् ।
उनले भने, ‘प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने, वैदिक सनातन धर्मको अपमान गर्ने, हिन्दु धर्ममा रहेको शान्तिप्रियता र उच्च संस्कारलाई दुुत्कार्ने, अन्य धर्मको बढाई चढाई प्रचार गर्ने क्रम निरन्तर बढ्दै गएको छ ।’
यस्ता गतिविधिले भविष्यमा मुलुकमा ठूला दुुर्घटना निम्त्याउने जोखिम रहने भन्दै गैरजिम्मेवार, उत्ताउलो, भड्काउपूर्ण तथा गैरकानूनी गतिविधिमाथि नियन्त्रण गर्नका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।
सांसद समेत रहेका नेता भण्डारीले केही दिनअघि धरानमा घटाइएको एक अस्वभाविक र अराजक घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् ।
गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उछृङ्खल तत्वहरूले सामाजिक संजालमार्फत प्रचार गर्न खोजेको देखिएको उनले जनाएका छन् ।
‘परापूर्वकालदेखि यहाँ विविधताबीच अभेद्य एकता, अगाध श्रद्धा र सम्मान रहँदै आएको छ’, उनले भने, ‘आपसी सदभाव तथा संहिष्णुताकायम राख्नका लागि सबै समूदाय अत्यन्त जिम्मेवार भएर आ–आफ्ना धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको गौरवपूूर्ण इतिहास र परम्परा छ ।’
‘हाम्रो आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा घटाइएको उक्त घटना अत्यन्त निन्दनीय छ’, भण्डारीले भनेका छन् ।
‘वैदिक सनातन धर्मलाई कमजोर बनाउने, यसका आधारभूत मान्यतामा आक्रमण गर्ने तथा आस्थाका केन्द्रहरूमा धावा बोल्ने काम गरिएको छ’, उनले भनेका छन् ।
‘केही गलत मनसाय बोकेका, नेपालमा शान्ति, स्थिरता, मेलमिलाप र एकता देख्न नचाहने अतिवादीहरूले द्वन्द्व सिर्जना गराई लाभ लिन खोजेको बुुझ्न कुनै कठिनाई छैन’, उनले भने ।
‘यस्ता अराजकहरूलाई समाजले निगरानी गर्दै हाम्रो विशिष्टतालाई जोगाई राख्न म सबैमा हार्दिक अपील गर्दछु’, भण्डारीले भने ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया