सुन तस्करी प्रकरणमा कसूर गरेको छभने जेल जान तयार रहनुस् : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणको अनुसन्धानमा दोषी देखिने सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा दाहालले सुन तस्करी प्रकरणमा कुनै प्रकारको सम्झौता नहुने बताएका छन् । उनले तथ्य र प्रमाणले भेटेसम्म कसैलाई पनि छाड्न नहुने बताएका छन् ।
प्रधानमन्त्री दाहालले सुन प्रकरणमा माओवादीका नेताहरूको नामसमेत जोडिएको भन्दै कसूर गरेको हो भने जेल जानका लागि तयार भएर बस्न चेतावनी दिए ।
प्रधानमन्त्री दाहालले विपक्षी दलका नेतालाई आरोप लाग्नेवित्तिकै पक्राउ गरेर जेल हाल्ने, दोषी पाइएमा माओवादीका नेतालाई बचाउने कुरा स्वीकार्य नहुने बताएका छन् ।
‘विपक्षीलाई जेल हाल्ने, आफ्नालाई बचाउने भन्ने होइन’, दाहालले भनेका छन् ।
माओवादीका नेताहरूले महरा र सुन तस्करीमा संलग्न चिनियाँ नागरिकबीचको टेलिफोन संवादबारे सार्वजनिक कल डिटेल्सबारे पार्टीको धारणा प्रस्ट हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री दाहालले पार्टी नेता वा जोसुकैमाथि पनि प्रश्न उठेपछि प्रस्ट पारेर अनुसन्धानमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।
‘कल डिटेल्सले ल्याएको स्थिति हाम्रा लागि पनि नयाँ कुरा भयो । कसैको बारेमा पनि इस्यु वा प्रश्न उठेको छभने पहिला सम्बन्धित व्यक्तिले नै प्रस्ट पार्नुपर्छ’, दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘अहिले भ्रष्टाचार र तस्करीविरुद्ध सरकारले जो अभियान चलाएको छ त्यो ठीक छ ।’
‘वर्षमान पुनमाथि प्रश्न उठ्यो उहाँले आफै प्रस्ट गर्दिनुभयो । उहाँले आफूमाथि पनि अनुसन्धान गरियोस् भनेर भन्नुभयो यसले सजिलो भएको छ’, दाहालले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया