इंग्ल्याण्ड विश्वकप फुटबलको अन्तिम ४ मा प्रवेश
सिड्नी । इंग्ल्यान्डले कोलम्बियामाथि २–१ को जित रच्दै महिला विश्वकप फुटबल २०२३ को अन्तिम चारको यात्रा तय गरेको छ ।
शनिबार भएको खेलमा कोलम्बियाले सुरुआती अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । नतिजासँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनको सामना गर्नेछ । अर्को सेमिफाइनलमा इंग्ल्यान्ड सहआयोजक अस्ट्रेलियासँग भिड्नेछ ।
स्टेडियम अस्ट्रेलियामा भएको खेलमा कोलम्बियाले ४४ औं मिनेटमा लेसी सान्तोसको उत्कृष्ट गोलको मद्दतले अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा लउरेन हेम्पले इंग्ल्यान्डका लागि बराबरी गोल फकाइन् ।
एलेसिया रुसोले ६३ औं मिनेटमा युरोपेली च्याम्पियन पनि रहेको इंग्ल्यान्डका लागि निर्णायक गोल पनि गरिन् । यससँगै महिला विश्वकपमा कोलम्बियाको स्वपनिल यात्रामा पूर्णबिराम लागेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया