लुम्बिनीको माटो, घाँस, पानी बिक्री गर्न सकिन्छ : मुख्यमन्त्री चौधरी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सिर्जनशील र रोजगारी सिर्जना गर्ने लुम्बिनी प्रदेशका युवालाई रकम अभाव नहुने बताएका छन् ।

शनिबार रुपन्देहीको लुम्बिनीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवालक्षित कार्यक्रम, उद्यमशीलता र रोजगारी सिर्जना गर्न प्रदेश सरकारसँग ४ अर्ब बजेट रहेको बताए ।

उनले अबको दुई वर्षमा प्रदेशका २ लाख युवालाई रोजगारी दिने गरी सरकारले कार्ययोजनासहित काम गरेको बताएका छन् ।

अहिले सरकारसँग दुई अर्ब रुपियाँ रकम रहेको भन्दै उनले केन्द्र सरकारले पनि दुई अर्ब रुपियाँ दिने बताएका छन् । उनले आवश्यक परे विदेशीदातासँग पनि रकम माग गर्न सकिने बताएका छन् ।

मुख्यमन्त्री चौधरीले प्रदेशका गैरसरकारी संस्थालाई एक्लै नहिँड्न चेतावनी दिएका छन् ।

सरकारसँग सहकार्य गरेर अघि बढ्न निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले विदेशमा पुगेका युवालाई स्वदेशमै राख्नु सरकारको दायित्व भएको पनि बताए ।

उनले भने, ‘लुम्बिनीको माटो, घाँस, पानीदेखि सबै चिज विक्रि गर्न सकिन्छ ।’

Published : Saturday, 2023 August 12, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया