काठमाडौंमा लुम्बिनीको सम्पर्क कार्यालयका फाइदा र बेफाइदा के-के छन् ?
काठमाडौं । लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने प्रस्तावलाई लिएर समर्थन र विरोधका आवाजहरू उठेका छन् ।
लुम्बिनीको विकास र प्रचार प्रसारका लागि काठमाडौं सम्पर्क कार्यालय खोल्नुपर्ने माग उठ्दै आएको थियो । नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले काठमाडौंमा सम्पर्क कार्यालय खोल्नका लागि प्रस्ताव अगाडि बढाएका छन् । डा.लामाले लुम्बिनीको विकास र पर्यटन प्रबर्द्धन गर्न आफूलाई केन्द्रित बनाइसकेका छन् ।
काम नै गर्नको लागि डा.लामालाई सम्पर्क कार्यालय कुनै असर पार्नेवाला छैन । सम्पर्क कार्यालयका लागि आवश्यक पर्ने सम्पूर्ण स्रोत डा.लामाले जुटाउन सक्छन् । डा.लामा अरु पदाधिकारी वा व्यक्ति जस्तो होइनन् । उनले लुम्बिनीलाई बनाउन आएको बताउने गरेका छन् । डा.लामाको अभियानलाई विरोध भन्दा पनि सकारात्मक रुपमा लिनुपर्ने स्थानीयको भनाइ छ ।
विगतमा काठमाडौंबाट सम्पर्क कार्यालय हटाउँदा भएको फाइदा र बेफाइदाका बारेमा पनि ध्यान दिन जरुरी छ । सम्पर्क कार्यालय नभए पनि काठमाडौंमा खाने, बस्ने, हवाइ टिकट आदिमा करोडौं खर्च भएकै छ । त्यसलाई पनि कम गर्न सम्पर्क कार्यालय खोल्दा उपयुक्त हुने कोषका एक कर्मचारीले बताएका छन् ।
सम्पर्क खोल्ने विषयमा समर्थन र विरोध दुबैतर्फ आवाजहरू आएका छन् । काठमाडौंमा सम्पर्क कार्यालय खोल्दा लुम्बिनीको विकासका लागि दाताहरूसँग सम्पर्क गर्न सहज हुनेछ । लुम्बिनीको प्रचार प्रसारमा पनि ठूलो मद्दत हुनेछ ।
काठमाडौंमा सम्पर्क कार्यालय नहुँदैमा आकाश नै खस्ने छैन । कोषका नवनियुक्त उपाध्यक्ष डा.लामाले जुन स्प्रिटमा काम गर्न खोजेका छन् त्यसलाई अबरोध हुने संकेतहरू देखिन थालेका छन् ।
डा.लामाले लुम्बिनीको विकासका लागि आफूलाई केन्द्रित बनाइसकेका छन् । उनले सुरुवाती निर्णयहरू राम्रा गरेका छन् । डा.लामाले लुम्बिनीको प्रचार प्रसार र पर्यटन प्रबर्द्धनमा काठमाडौंको सम्पर्क कार्यालयबाट काम गर्न खोजेका छन् । लुम्बिनी विकास कोष परिषदमा प्रस्ताव लैजाने भनी लुम्बिनी विकास कोष सचिवालय बैठकले निर्णय गरेको छ ।
यता, काठमाडौंमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय खोल्ने प्रस्तावको विरोधमा सिद्धार्थ उद्योग वाणिज्य संघ उत्रिएको छ । संघले शनिबार प्रेस विज्ञप्ति जारी गरेर सम्पर्क कार्यालय काठमाडौंमा खोलिए यसले लुम्बिनीलाई ओझेलमा पार्ने र पर्यटकीय गतिविधि सुस्ताउने दाबी गरेको छ ।
संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने प्रस्तावको विरोध गरे पनि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भई आएको भन्दै डा.ल्हारक्याल लामालाई स्वागत गरेका छन् ।
कोषको काठमाडौंमा रहेको सम्पर्क कार्यालयलाई केही वर्षअघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा कोषका अध्यक्ष आनन्द पोखरेलको पालामा हटाइएको थियो । सम्पर्क कार्यालय हटाएपछि लुम्बिनीले जसरी पिकअप लिनुपर्ने थियो लिन सकिरहेको छैन । पोखरेलले सम्पर्क कार्यालय हटाउँदा त्यसको फाइदाभन्दा पनि धेरै बेफाइदाहरू भएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया