सरकारका पछिल्ला क्रियाकलाप्रति डा.राणा चिन्तित, पाकिस्तानी मोडलमा नजान चेतावनी
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले सरकारका पछिल्ला क्रियाकलापहरूप्रति चिन्ता जनाएकी छिन् ।
शुक्रबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद डा.राणाले अर्को दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा जान खोजेको भनेर चिन्ता जनाएकी हुन् । उनले सरकारका पछिल्ला केही क्रियाकलापले आशंका जन्माएको बताएकी छिन् ।
डा.राणाले कांग्रेसका नेताहरूलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्यहरू भइरहेकोमा दु:ख लागेको बताएकी छिन् । उनले कांग्रेसका नेता र सांसदलाई बदनाम गराउने कार्यप्रति चिन्ता जनाएकी छिन् ।
‘यस्ता कुरा मैले भारत पाकिस्तानमा मात्र देख्थें’, डा.राणाले भनिन्, ‘एउटाले सरकारको लिड गर्छ । अर्कोको स्क्याण्डल खोजीखोजी जेल पठाउँछ ।’
उनले भनेकी छिन्, ‘अर्को आएपछि फेरि विपक्षीलाई त्यसै गर्छ । नेपालमा पनि त्यस्तै देखिन थाल्यो ।’
‘आज कांग्रेसलाई छानीछानी आरोपित गरिँदा मलाई दु:ख लागेको छ’, कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.राणाले भनेकी छिन् ।
डा.राणाले आफू कांग्रेस सभापति र पूर्वप्रधानमन्त्रीको पत्नी मात्र नभएर सांसदसमेत भएको व्यक्तिको नक्कली अडियो खडा गरेर आरोपित गरिएको भन्दै सामान्य मान्छेमाथि अत्याचार भइरहेको बताएकी छिन् ।
उनले कांग्रेसका नेताहरूको चरित्र हत्या गर्ने कार्यप्रति गम्भीर भएर सोँच्ने बेला आएको बताएकी छिन् ।
कांग्रेसका सांसद सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बिहीबार नक्कली प्रमाणपत्रको अभियोगमा पक्राउ गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले अडियोमा कुरा गरेकै भरमा कांग्रेसका नेताहरूको चरित्र हत्या गर्ने कार्य भएको थियो । विशेष गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसका नेताहरूप्रति आफूलाई सशक्त रुपमा प्रयोग गरिरहेका छन् । श्रेष्ठले आफ्ना आसेपासेहरूमार्फत कांग्रेसलाई सिध्याउने असफल प्रयास गरेको आरोप लाग्दै आएको छ ।
गृहमन्त्री श्रेष्ठका पछिल्ला गतिविधिहरू सत्ता गठबन्धन भत्काउन खालका रहेको टिकाटिप्पणी पनि हुने गरेको छ । श्रेष्ठलाई कसले प्रयोग गरिरहेको छ कांग्रेस चिन्तित बनेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया