एक सय किलो सुन तस्करीका अभियुक्तका छोरा पनि पक्राउ

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् ।

शुक्रबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । नयाँ दिल्ली हुँदै इण्डिगो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले बताएका छन् ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।

Published : Friday, 2023 August 11, 3:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया