पूर्वआईजीपी सिंहद्वारा खड्काको अनलाइनविरुद्ध उजुरी दर्ता
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आफूविरुद्ध ‘काठमाडौं पाटी’ नामक अनलाइनले समाचार लेखेको विषयमा प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।
बिहीबार सिंहले रोशनबहादुर खड्का सम्पादक रहेका ‘काठमाडौं पाटी’विरुद्ध उजुरी दिएको जनाएका छन् ।
साउन २१ गते प्रकाशित सुन तस्करीसँग आफ्नो नाम जोडेको भन्दै समाचार भ्रमपूर्ण रहेको सिंहले जनाएका छन् ।
उनले समाचारबाट आफ्नो प्रतिष्ठा र सम्मानमा आँच पुराएको भन्दै कारवाहीका लागि माग गरेका छन् ।
‘उपरोक्त सम्बन्धमा गत आइतबार २०८०/०४/२१ गते काठमाडौंपाटी अनलाइनले राजश्व अनुसन्धान कार्यालयद्वारा पक्राउ गरिएका सुनसँग सम्बन्धित व्यक्तिसँग मलाई जोडेर समाचार प्रकाशित गरेकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उजुरीमा भनिएको छ ।
‘यस सम्बन्धमा निज अनलाइनले मेरो प्रतिष्ठा र सम्मानमा समेत भ्रमपूर्ण समाचार प्रकाशित गरी अन्यौल सिर्जना गरेकाले कानूनी कारवाहीका लागि मैले प्रेस काउन्सिल नेपालमा दर्ता नम्बर ४७३ बाट उजुरी दर्ता गरेको छु’, सिंहले भने ।
‘प्रेस काउन्सिलबाट यस्ता भ्रमपूर्ण समाचार प्रकाशित गर्ने अनलाइन उपर कानून बमोजिम कारबाही हुने कुरामा विश्वस्त छु’, सिंहले भनेका छन् ।
अनलाइनले सुन तस्करीमा संलग्न रहेका भनिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्व आइजीपीहरु सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहसँग निरन्तर सम्पर्क भएको पाइएको उल्लेख गरेको छ ।
सिंहले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई ‘भाइ किन फोन उठाएको’ भन्दै बारम्बार म्यासेज पठाएको भन्दै म्यासेजको ब्यहोरासमेत उल्लेख गरी समाचार प्रकाशन गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया