सिरहाकी सुजाता पक्राउ

काठमाडौं । प्रहरीले सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ की ३५ वर्षीया सुजाता साहलाई प्रहरीले मिटरव्याजको अभियोगमा पक्राउ गरेको छ ।

बुधबार साँझ सुजातालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताएका छन् ।

ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर सुजातालाई पक्राउ गरिएको छ ।

सुजातामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लिम्बुले बताएका छन् । सुजातामाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौँ उजुरी छ ।

मिर्चैया क्षेत्रमा सुजाता लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएको आरोप छ ।

Published : Thursday, 2023 August 10, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया