निर्माण व्यवसायीहरूद्वारा काठमाडौं भव्य प्रदर्शन
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
महासंघले बुधबार काठमाडौंमा प्रदर्शन गरेको हो । दोस्रो चरणको आन्दोलन अन्तर्गत देशभरिका निर्माण व्यवसायीहरू काठमाडौंमा भेला भएर प्रदर्शन गरेका छन् ।
व्यवसायीहरूले प्रदर्शनका क्रममा सेफ्टी हेल्मेट र ज्याकेट लगाएका छन् ।
अनामनगरबाट सुरु भएको प्रदर्शन संसद भवन नयाँ बानेश्वर अगाडि आएर कोण सभामा परिणत भएको थियो ।
महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताएका छन् ।
महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताए ।
नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सीताराम न्यौपानेले निर्माण व्यवसायीहरूको अरबौं रकम भुक्तान नहुँदा समग्र निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए ।
प्रदर्शनमा सातै प्रदेशबाट आएका निर्माण व्यवसायीहरू सहभागी भएको महासंघले जनाएको छ ।
व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखेर व्यवसायीहरू १४ साउनदेखि निरन्तर आन्दोलनमा छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया