कान्तिपुर दैनिकले विदेशी कुत्ताहरू पालेको छ : पूर्व बिग्रेडियर जर्नेल बस्न्यात

काठमाडौं । नेपाली सेनाका पूर्व बिग्रेडियर जर्नेल प्रेमसिंह बस्न्यात (पीएचडी)ले कान्तिपुर दैनिक पत्रिकाले विदेशी पैसा खाने ‘कुत्ता’हरू पालेको आरोप लगाएका छन् ।

बुधबार ट्वीट गर्दै बस्न्यातले देशको माया हुने नेपालमा जन्मिएका साहुजीहरूले राष्ट्रियताविरुद्ध कहिल्यै पनि गलत काम नगर्ने बताएका छन् । उनले कान्तिपुर दैनिक पत्रिका र त्यसका मालिकलाई राष्ट्रियतामाथि कुनै पनि माया नरहेको आरोप लगाएका छन् ।

कान्तिपुर दैनिक पत्रिकाका मालिक कैलाश सिरोहियाप्रति लक्षित गरेर बस्न्यातले विदेशी पैसा खाने कुत्ताहरू पालेको आरोप लगाएका हुन् ।

बस्न्यातले भनेका छन्, ‘कान्तिपुर पत्रिकाले नेपालको ईतिहाँस, संस्कृतित, संस्कार, सेना, राष्ट्रिय एकताबिरुद्ध लेख्ने विशेशी पैसा खाने केही कुत्ताहरू पालेको छ ।’

‘दुश्मनको एटमबमभन्दा पनि निर्मम तरिकाले यी कुत्ताहरूका लेखले नेपाललाई मारिरहेको छ’, पूर्व बिग्रेडियर जर्नेल बस्न्यातले भने, ‘देशको माया हुने र नेपालमा जन्मिएका साहुजीले कहिले यस्ता काम गराउँदैनन् ।’

कान्तिपुर दैनिक र कान्तिपुर मिडिया ग्रुपविरुद्ध जनमत दिन प्रतिदिन बढ्दै गएको छ । कान्तिपुर दैनिक पत्रिकार र त्यसका अन्य संस्करणहरूले पहिलाको जस्तो ठाउँ जनताका बीच पाउन छाडेको छ ।

कुनै समयमा सञ्चार क्षेत्रमा एकछत्र राज गरेको कान्तिपुर दैनिक पत्रिकाले जनताको विश्वास गुमाउँदै गएको भन्ने कुराको बस्न्यातको टिप्पणीले पुष्टि गरेको छ ।

आफ्ना कर्मचारीलाई काम गरेको तलब नदिने, पत्रकार र कर्मचारीलाई जबरजस्ती निकाल्ने, आफ्ना अदृष्य व्यापारमा छुट नपाएपछि न्यायालय, सरकार, कर्मचारी, राज्यका निकायविरुद्ध जबरजस्त रुपमा खेदो खनेर समाचार लेख्ने जस्ता कार्यहरूले पनि कान्तिपुर दैनिक र त्यसका अन्य संस्करणहरूप्रति वितृष्णा बढ्दै गएको छ ।

Published : Wednesday, 2023 August 9, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया