विप्लवका नेता काठमाडौंमा पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी ५२ वर्षीय दीपक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ ठहिटी घर भएका मानन्धरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मानन्धर नेकपा निकट नेवा मोर्चाको काठमाडौं जिल्ला अध्यक्ष पनि हुन् । रातोपुल स्थित एनआरके जिमहल बन्द गराएको आरोपमा उनलाई पक्राउ गरिएको छ ।

जिमहलमा विवाद भएको भन्दै मानन्धरले आफ्नो पार्टीको पीडित र न्याय विभागमा सम्पर्क गर्नुहोला भनेर सूचना टाँस गरेका थिए ।

Published : Tuesday, 2023 August 8, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया