आईजीपीको आदेशपछि सीआईबीले दियो एसपी सिंहलाई जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले एसपी सञ्जयसिंह थापाको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ ।

सीआईबीकी प्रमुख (एआईजी) किरण बज्राचार्यले सोमबार एसपी थापाको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेकी हुन् ।

सुन तस्करी प्रकरणमा राजस्व र भन्सार छली अन्तर्गतको कानूनका दफा लगाएर राजस्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको थियो ।

अन्तर्देशीय संगठित गिरोहले तस्करीबाट भित्र्याएको एक क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन भएको छ ।

अन्तर्देशीय अपराध भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धानको दायरा फराकिलो बनाएर मुख्य अभियुक्तसम्म पुग्ने गरी अनुसन्धान जिम्मा प्रहरीलाई सुम्पिन विभागलाई शुक्रबार निर्देशन दिएका थिए ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सुन प्रकरणको अनुसन्धान गर्न व्यूरोलाई निर्देशन दिएका थिए ।

एसपी थापासहित डीएसपी, ईन्स्पेक्टर र अरु अनुसन्धानकर्मी रहने गरी टोली गठन भएको छ ।

सुत तस्करी प्रकरणमा चीन, भारत, बेल्जियनका गरी ३ विदेशी नागरिकसहित १८ जना पक्राउ परेका छन् ।

स्वास्थ्यका कारण एक जना आरोपित हाजिरी जमानतमा रिहा भएर बाँकी १७ जना अहिले ब्यूरोको नियन्त्रणमा छन् ।

Published : Tuesday, 2023 August 8, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया