सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने छौं : नाउपाका नेता चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद अरुण चौधरीले सरकारले संविधानको मर्म विपरीत कदम चालेको खण्डमा त्यसका विरुद्ध सडकमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले २०७२ को संविधानले थारुहरूको क्लास्टर छुट्टै राखिएको स्मरण गराएका छन् । उनले शिक्षा ऐन संसदमा पठाएर पारित भएको खण्डमा टीकापुरमा उत्रिएको जस्तैगरी माइतीघरमा थारुहरू उत्रिने बताएका छन् ।

‘संविधानविपरित अहिले जुनकार्य गरिएको छ, त्यसको विरुद्धमा यस्तो दिन नआओस्, हामी टीकापुरमा उत्रिएका थियौं । यो बेलामा माइतीघरमा उत्रिने दिन नआओस्’, उनले भने ।

Published : Monday, 2023 August 7, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया