संसदीय समितिहरूको भागबण्डा, रास्वपा र राप्रपाले सभापति पाएनन्
काठमाडौं । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीले समितिको सभापति पाउने गरी भागण्बडा मिलेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसलाई ४ वटा समितिको सभापति मिलेको बताएका छन् ।
एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति भागमा परेको छ ।
प्रतिनिधि सभामा १० वटा समिति छन् । राष्ट्रिय सभामा ४ वटा समिति छन् । संयुक्त २ वटा संसदीय समितिहरू छन् ।
एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समिति पाउनेछ । एमालेले महिला तथा सामाजिक मामिला समितिको नेतृत्व पनि एमालेले पाउनेछ ।
संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति कांग्रेसले पाउने सहमति भइसकेको छ । विषयगत समितिमा गठबन्धन दलबीच सहमति हुन बाँकी छ ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया