भारतले नेपाललाई चामलमा प्रतिबन्ध नलगाउने, मोदीले दिए बचन

काठमाडौं । भारतले नेपालका लागि चामल निर्यातमा प्रतिबन्ध नलगाउने जनाएको छ ।

दुई दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन सम्वादमा नेपाललाई भारतले चामल निर्यातमा प्रतिबन्ध नलगाउने जनाइएको छ ।

भारतले चामलको निर्यातमा लगाएको प्रतिबन्ध नेपालको लागि नरहेको मोदीले दाहाललाई जानकारी गराएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग नेपालमा चामल पठाउने विशेष व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले चामल निर्यात प्रतिबन्धलाई नेपालको लागि तत्काल फुकुवा गर्ने बताएका छन् ।

भारतले चामलको उत्पादनमा कमी भएपछि विदेश निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसको असर नेपाललाई पनि पर्नेछ ।

Published : Sunday, 2023 August 6, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया