काठमाडौंमा प्रहरी नायब निरीक्षक खड्काको पेस्तोल चोरी, दुई जना पक्राउ
काठमाडौं । काठमाडौंमा प्रहरी नायब निरीक्षक प्रभाकर खड्काको घरको दोस्रो तलमा रहेको कोठाबाट हतियार चोरी गर्ने दुई जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
असार ३१ गते रातिको समयमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीस्थित प्रहरी नायब निरीक्षक खड्काको घरको दोस्रो तलाको कोठामा रहेको पेस्तोलसहितका सामग्री चोरी भएको थियो ।
प्रहरी नायब निरीक्षक खड्काको साथमा रहेको ५५५०११२४६ नम्बरको टाईप ५४ चाइनिज पेस्तोल थान–१ चोरी भएको थियो ।
पेस्तोलमा लाग्ने म्याग्जिन १ थान, गोली ७ राउण्ड चोरी भएको थियो । खड्काले पेस्तोलसहितका सामग्री चोरी भएको भनेर प्रहरी वृत्त बौद्धमा साउन २ गते निवेदन दिएका थिए ।
पेस्तोल खोज तलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बौद्धबाट खटिएको विशेष प्रहरी टोलीले साउन १९ गते बेलुका गोकर्णेश्वर नगरपालिका वडा नं. ५ नारायणटारस्थित केदारनाथ ढकालको घरको भुई तल्लाको कोठामा डेरा गरी बस्ने सिन्धुलीको गोलन्जार गाउँपालिका वडा नं. ४ घर भएका वर्ष २४ को मेघबहादुर तामाङलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।
मेघबहादुर तामाङले डेरा कोठामा लुकाई छिपाई राखेको अवस्थामा पेस्तोल, गोली र म्यग्जिन बरामद गरेको थियो ।
मेघबहादुरलाई सोधपुछ गर्दा उनले पेस्तोल भान्जा पर्ने तारकेश्वर नगरपालिकाको फुटुङमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ घर भएका वर्ष २४ को बासुदेब थामीले राख्न दिएको खुलेको छ ।
बासुदेब थामीलाई फुटुङबाट पक्राउ गरी चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
प्रहरीले पक्राउ परेका मेघबहादुर तामाङ र बासुदेव थामीको साथबाट साठी हजार नगद पनि बरामद गरेको छ ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया