काठमाडौंमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ ।

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिबार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुरिएको बताए । पुरिएर गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको कुँवरले बताए ।

शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्मा तामाङको मृत्यु भएको छ ।

घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार गरिएको छ ।

Published : Sunday, 2023 August 6, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया