कांग्रेसको महिला संघले स्थापना दिवस मनाउने, उषाले दिइन् निर्देशन
काठमाडौं । नेपाल महिला संघले साउन २४ गते स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम गर्न निर्देशन दिएको छ ।
संघी अध्यक्ष उषा रावत मिश्रले शनिबार जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर साउन २४ गते मातहतलाई समेत जानकारी गराएर स्थापना दिवस मनाउन निर्देशन दिएकी हुन् ।
‘यही साउन २४ गते नेपाल महिला संघको ७६औँ स्थापना दिवस भएको हुँदा उक्त दिन नेपाल महिला संघ जिल्ला कार्यसमितिले आफ्ना मातहतका समितिहरू समेतलाई जानकारी गराइ विशेष कार्यक्रम गरी मनाउनका लागि परिपत्र गरिएको छ’, संघकी अध्यक्ष रावतले भनेकी छिन् ।
महिला संघले आफ्नो स्थापना दिवसलाई देशभरि विशेष कार्यक्रमका साथ मनाउने गृहकार्य गरिरहेको छ । यसअघिका कार्यसमितिले स्थापना दिवसलाई मनाउन खासै रुचि नदेखाएको आरोप लागेका बेला अध्यक्ष रावतले परिपत्र गरेर कार्यक्रम गर्न आदेश दिएकी छिन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया