मनकामना अस्पतालद्वारा गल्ती स्वीकार, २७ लाख ५० हजारको चेक दियो
काठमाडौं । मनकामना अस्पतालले गर्भवती महिलाको मृत्यु भएपछि २७ लाख ५० हजार क्षतिपूर्ति तिरेर उन्मुक्ति पाएको छ ।
चितवनको भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका वडा नं. २६ कि ३५ वर्षीया नवीना महतोको मृत्यु भएको थियो । अस्पतालले पीडित परिवारसँग गल्ती स्वीकार गरेको छ ।
अस्पताल प्रशासन र मृतकका आफन्तबीच शनिबार वार्ता भएको थियो ।
मणिकलाल महतोका अनुसार गत बिहीबार उपचारका लागि ल्याइएकी नवीनालाई शुक्रबार राति १ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
बच्चा जन्मिएपछि साल निकाल्दा अधिक रक्तश्राव भएको जानकारी गराएको पति मणिकलालले बताए ।
साल पाठेघर घरमा टाँसिएको भन्दै चिकित्सकले अधिक रक्तश्राव रोक्न नसकिएकाले पाठेघर नै फालेर बिरामी बचाउने प्रयास गरेको अस्पतालको दावी छ ।
अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त र छिमेकीले अस्पतालमा आन्दोलन गरेपछि दुबै पक्ष बीच सहमति गरिएको छ ।
अस्पतालले शनिबारनै २७ लाख ५० हजार रुपियाँको चेक पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया