लुम्बिनी कांग्रेसले नवलपरासीमा प्रशिक्षण चलाउने
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौ पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधिसभा क्षेत्रीय सभापति र ५२ प्रदेशसभा क्षेत्रीय सभापतिका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उप–सभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताएका छन् ।
नवलपरासीमा आयोजना गरिने प्रशिक्षणलाई केन्द्रीय सदस्य शेखर कोइरालालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वका लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसले जनाएको छ ।
प्रशिक्षणपछि पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि तल्लो तहमा पुर्याउन विषेश आधार तय हुनेछ ।
प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्ती बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पामा गरिने विभागले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया