पाँचतारे होटलको जग्गामा प्रहरी हुँभन्दै पाण्डेको हमला, अध्यक्ष वाग्लेद्वारा बचाउ

काठमाडौं । बारा जिल्लामा रहेको फाइभ स्टार ‘इच्छा होटल प्रालि’ले भ्रामक समाचार प्रसार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

होटेलका अध्यक्ष इच्छाबहादुर वाग्लेले बुधबार विज्ञप्ति जारी गरेर होटल र आफ्नो नाम समेत जोडेर भ्रामक प्रचार हुने गरि लेखिएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

होटल र अध्यक्ष वाग्लेलाई प्रहरी हुँ भनेर ध्रुब पाण्डेले धाकधम्की दिएको विज्ञप्तिमा उल्लेख छ । होटलले केही गलत गरेको छभने कानून प्रक्रियामा जान सकिन्छ । तर, प्रहरी हुँ भनेर कसैलाई पनि धम्की दिन पाइँदैन । प्रहरीको धम्की दिने ध्रुब पाण्डेलाई कारबाही गर्न स्थानीय पनि माग गरेका छन् ।

‘आज १२ वर्ष पश्चिात करीव एक डेढ महिना अगाडि लालबहादुर पाण्डे भन्ने व्यक्ति र नेपाल प्रहरीमा जागिर खाने प्रहरी हुँ भन्ने निजको छोरा ध्रुब पाण्डे, श्रीमती अनुप पाण्डेले निजहरूको जग्गा कहाँ के छ ? हालको नाप नक्सा लालपुर्जा प्रमाणित के छ ? रेलवेको बाटोतर्फ कति घुसेको छ ? खुद बाँकी जग्गा कति छ ? कुनै एकीन नगरी साँध, सधियारहरू कसैसँग सम्पक नगरी, कुनै किसिमको नक्सा पास नदेखाई, नगरी, केवल वडाध्यक्ष र पार्टीको धाक, रवाफ दिइ यत्रो जग्गा नजिकै छ । इच्छा लागेको ठाउँमा घर बनाइन्छभन्दै नितान्त मेरो जग्गामा निजको जग्गाभन्दा २७ फिट पश्चिम आई जग्गा ओगटने काम मात्र उदश्यले २ कोठाको टहरा, ब्लक, माटो, सिमेन्ट मिसाइ निर्माण गरेको देखिएको’, विज्ञप्तिमा उल्लेख छ ।

जग्गासम्बन्धी विवादले उग्ररुप लिएपछि यो विषय अदालतमा पुगेको छ । तर, पाण्डेको परिवारले बाहिरबाट मानिसहरू ल्याएर जग्गा कब्जा गर्ने जस्ता कार्य गरेको आरोप अध्यक्ष वाग्लेको छ ।

अध्यक्ष वाग्लेले आफ्नो निजी पास नक्सा क्षेत्रभित्रको जग्गामा जबर्जजस्ती लालबहादुर पाण्डेले बनाएको टहरामा जो जसको रकम भए पनि २०/३० हजारको क्षति कोही कसैबाट भएको कुरालाई होटलसँग जोडेर अतिरञ्जित गरिएको र न्यायालयमा विवादित बनिसकेको विषयलाई लालबहादुर पाण्डेले गलत गरि कानून अटेर गरिरहँदा सम्पूर्ण जग्गा इच्छाबहादुरको भित्र नै टहरा निर्माण हुँदाहुँदै पनि भाडावालहरूसँग छलफल गरी नापनक्साबाट वा न्यायिक निकायबाट टुंङ्ग्याउनुपर्नेमा सो प्रक्रिया पूरा नगरेको जनाएका छन् ।

केही समूहले बाराको सिमरामा रहेको पाँचतारे होटलविरुद्ध गतिविधि गरिरहेका छन् । त्यसको विरोधमा अध्यक्ष वाग्लेले विज्ञप्ति जारी गरेर बचाउ गरेका छन् ।

Published : Friday, 2023 August 4, 4:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया