ठूलो रकमसहित जुवा खेल्ने २२ जनाको समूह पक्राउ

काठमाडौं । प्रहरीले जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको जनाएको छ ।

लमजुङको मर्स्याङदी गाउँपालिका–९ डेरा गरी बस्ने सोही गाउँपालिका–३ घर भएका ४० वर्षीय धनबहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।

सोही गाउँपालिका–३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपियाँ र कौडा १६ थानसहित पक्राउ गरेको छ ।

Published : Friday, 2023 August 4, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया