विशेष अभियानमा सभापति बानियाँले बागमतीका जिल्लाहरूमा प्रतिनिधि खटाए
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले ‘विशेष आन्तरिक अभियान’का लागि प्रदेश प्रतिनिधिहरू तोकेका छन् ।
बिहीबार विज्ञप्ति जारी गरेर सभापति बानियाँले अभियानलाई सफल बनाउन पदाधिकारी एवम् सदस्यहरूलाई प्रदेश प्रतिनिधि तोकेका हुन् ।
काठमाडौंका लागि सह–महामन्त्री हरिशरण श्रेष्ठ, ललितपुरमा सदस्य प्रभात तामाङ, भक्तपुरमा सहमहामन्त्री ऋषिराम घिमिरे, रसुवामा सदस्य निमा लामा, धादिङमा सदस्य सन्तबहादुर प्रजा, नुवाकोटमा सदस्य तिलकप्रसाद रुवाली, चितवनमा सदस्य रामचन्द्र अर्याल, मकवानपुरमा सदस्य कैलाश कोइराला, सिन्धुलीमा सदस्य उपेन्द्र लम्साल, काभ्रेपलान्चोकमा सह–महामन्त्री जीवन डंगोल, सिन्धुपाल्चोकमा सदस्य दीपेन्द्र आचार्य, दोलखामा सदस्य भगवान खड्कार र रामेछापमा सदस्य सानुकान्छा श्रेष्ठलाई खटाइएको छ ।






बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया