क्यानडाका प्रधानमन्त्रीद्वारा पत्नीसँग सम्बन्ध बिच्छेद
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नी पत्नीसँग सम्बन्ध बिच्छेद गरेका छन् ।
जस्टिनले आफ्नी पत्नी सोफीसँग सम्बन्धी बिच्छेद गरेका हुन् । उनीहरूले सन् २००५ मा विवाह गरेका थिए । उनीहरूको १८ वर्षपछि सम्बन्ध बिच्छेद भएको छ ।
प्रधानमन्त्री जस्टिनले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु अलग हुन लागेको जानकारी दिएका छन् ।
जस्टिनले भने, ‘म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौं कि धेरै अर्थपूर्ण र कठिन छलफलपछि हामीले अलग हुने निर्णय गरेका छौं । एकअर्कालाई सम्मान, मायाका साथ सधैंझैं परिवारसरह रहने छौं ।’
क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसकेका छन् । जस्टिन र सोफीका तीन सन्तान छन् ।
Published : Thursday, 2023 August 3, 10:52 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया