काठमाडौं प्रहरीद्वारा किरा भेटिएको पानी उद्योगमा सिल
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पानीमा किरा भेटिएपछि पानी उत्पादन केन्द्रमा विक्री वितरण गर्न नपाउने गरी प्रतिवन्ध (सिल) लगाइदिएको छ ।
साउन १६ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मातातीर्थस्थित माता विष्णुदेवी फुड् एण्ड वेभरेज प्रा.लि. बाट उत्पादित पानीमा किरा भेटिएको उजुरी प्रहरीमा परेको थियो ।
उभोक्ताको सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोलीले सो स्थानमा स्थलगत अनुगमन गरेको थियो ।
पानी उत्पादन केन्द्रमा कैफियत भेटिएपछि चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मातातीर्थमा रहेको माता विष्णुदेवी फुड् एण्ड वेभरेज प्रा.लि. बाट उत्पादित पानी बिक्री वितरण गर्न नपाउने गरी प्रतिवन्ध (सिल) लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी सूचनामा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया