जुवा खेल्ने नेताहरू र जनप्रतिनिधि होटलबाट पक्राउ, ४ लाख पनि बरामद

काठमाडौं । कैलालीको धनगढीस्थित बसपार्कको कलेल होटलमा जुुवातास खेल्ने दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले होटलमा छापा हानेर सञ्चालक तेजबहादुरसहितका १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरू निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेशस्तरका नेतासमेत रहेको खुलेको छ ।

प्रहरीकाअनुुुसार पक्राउ परेकामध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका–२ का वडाध्यक्ष हुन् । खड्क साउँद पूर्वीचौकी गाउँपालिका–५ का वडाध्यक्ष रहेको खुलेको छ ।

प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का रहेको पाइएको छ । धनबहादुर विष्ट माओदावी केन्द्रका प्रदेश कमिटी सदस्य हुन् ।

गोदावरी नगरपालिका–३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका–७ का स्थानीय हुन् । कुवेर नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य हुन् । सुजित खड्का सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।

पुरनबहादुर खड्का पनि शिक्षक भएको बताइएको छ । उनीहरूसँगै डोटीका अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले पक्राउ परेका विरुद्ध बुधबार मुद्दा दर्ता गरेर कानूनी कारबाहीको प्रक्रिया अघि बडाइने बताएका छन् ।

Published : Wednesday, 2023 August 2, 11:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया