सरकारद्वारा बीस करोड अनुदान स्वीकृत

काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ऐन पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताएकी छिन् ।

सरकारले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गरेको छ । विश्व वातावरण सुविधाबापत २० करोड अनुदान स्वीकृत गरेको छ ।

सरकारले लम्पी स्किन रोग लगायत अन्य समसामयिक विषयमा गम्भीर छलफल भएको मन्त्री शर्माले बताएकी छिन् ।

लम्पी स्किन रोगबाट किसानले भोगेको क्षतिबारे कृषि मन्त्रालयको प्रतिवेदनका आधारमा अर्को बैठकबाट क्षतिपूर्ति दिनेगरी निर्णय गर्ने जनाइएको छ ।

विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय भएको छ । यो अर्थ मन्त्रालयको प्रस्तावमा ।

अर्को लामो समयदेखि प्रतीक्षारत रहेको संघीय शिक्षा ऐन जुन थियो, त्यसलाई संसदमा पठाउन स्वीकृति दिइएको छ ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिका विषयमा मन्त्री शर्माले केही भनेकी छैनिन् । कोषको उपाध्यक्षमा विवादित छविका ल्यारकाल लामा नियुक्त हुन जोडबल गरिरहेका छन् ।

Published : Tuesday, 2023 August 1, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया