व्यवस्था बचाउने हो भने संविधान संशोधन गरौँ : कांग्रेस सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्थालाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा सभापति बानियाँले संविधान संशोधन गरेर बोझिलो बनेको संघीयतालाई सुधार गर्नुपर्ने बताए । उनले भने, ‘संघीयता बोझ भयो भन्ने कुरा सुनिएको छ । निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ कि ? समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन प्रणालीलाई मिलाएर गरौँ । प्रत्यक्ष निर्वाचन प्रणालीलाई समावेशी बनाउन सकिन्छ । राष्ट्रिय सभालाई पनि समावेशी बनाउन सकिन्छ ।’
सभापति बानियाँले भने, ‘यो कार्य गर्नको लागि कठोर बन्नुपर्छ । संविधान संशोधन गर्न हिम्मत गर्ने नेता चाहिन्छ । सभापतिले नेतृत्व गरुन् वा अरुले गरुन् । संविधान संशोधन गर्नुपर्छ । यो व्यवस्थालाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ ।’
उनले नयाँ नयाँ पार्टीहरू आएर जनतामा भ्रम सिर्जना गरेको बताएका छन् । उनले नयाँ दलहरूको गतिविधिका कारण मुलुकमा निराशा बढेको बताएका छन् ।
उनले भने, ‘नेपाली कांग्रेभित्र चौतर्फी यो व्यवस्थाप्रति, कहिँ नकहिँ यो व्यवस्थामा बोझ भएको हो कि ? यो व्यवस्थाले जनताको आवश्यक्ता, भावना र मर्मलाई संघीयताले समेट्न नसकेको हो भने चुनौतिको बीचमा बागमती प्रदेश प्रादेशिक र संघीय संरचनामा मुलुक गएपछि पहिलो पटक कांग्रेस प्रादेशिक संरचनामा गएको अवस्था छ ।’
‘हिजोको कमजोर समयको बलियो नेताले सजिलो समय निर्माण गर्यो । कांग्रेसको राजनीतिमा अहिले कठिन समय आएको छ’, बानियाँले भने, ‘कठिन समयमा बलियो नेता सिर्जना गर्ने बेला आएको छ । कांग्रेसले बलियो नेता सिर्जना गर्दै कांग्रेसले पुन: लिड गरेर जानुपर्छ ।’
सभापति बानियाँले कांग्रेस गठबन्धन भनेर हिँड्यो भने समाप्त हुने चेतावनी दिएका छन् । उनले भने, ‘गठबन्धन तत्कालको नीति हो । आवश्यक्ताको सिद्धान्तमा गठबन्धन हुन सक्छ । कांग्रेसले बिहानै बेलुका गठबन्धनको कुरा गर्न मिल्दैन ।’
‘हामीले गठबन्धनको कुरा गर्ने होइन । कांग्रेसले गठबन्धन जनतासँग गर्छ । जनताको मनोबलसँग गठबन्धन कांग्रेसले गर्छ’, बानियाँले भने, ‘गठबन्धनको सहारामा हिँड्यो भने कांग्रेस समाप्त हुन्छ । सजिलो समयमा कमजोर नेताले गठबन्धन गर्छ । सरकार बनाउन गठबन्धन गर्ने हो ।’
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति अन्तर्गत प्रदेश कार्यसमिति सदस्य सानुकान्छा श्रेष्ठको संयोजकत्वमा रहेको बागमती प्रदेश कानून तथा संसदीय मामिला बिभाग, उपेन्द्र लम्सालको संयोजकत्वमा रहेको बागमती प्रदेश स्थानीय तह बिभाग, निर्मला पण्डितको संयोजकत्वमा रहेको बागमती प्रदेश उद्योग व्यापार बाणिज्य तथा प्रबिधि बिभाग, राजिवराज पौडेलको संयोजकत्वमा रहेको बागमती प्रदेश युवा तथा खेलकुद विभाग, रुकु अधिकारीको संयोजकत्वमा रहेको बागमती प्रदेश गैरसरकारी संस्था तथा सामाजिक सेवा विभाग, प्रज्वल दवाडीको संयोजकत्वमा रहेको बागमती प्रदेश भ्रातृ संस्था समन्वय विभागमा मनोनत भएकाहरूलाई प्रमाण पत्र, बधाइ दिन विशेष कार्यक्रम राखिएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया