गर्लफ्रेण्डसँगको अश्लील हर्कतले सरकारी हाकिमलाई २४ घण्टे पत्र
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।
सोमबार मन्त्रालयले निरौलालाई गोप्य र अति जरुरी लिखित निर्देशन पठाएको छ । निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको स्रोतले जनाएको छ ।
शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि निरौला विवादमा आएका थिए ।
दमक नगरपालिकाका कर्मचारीहरूले विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।
मदिराको नशामा महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएपछि निरौलाले क्वार्टरमा आइतबार बिहान रङरोगन गर्न समेत लगाएका छन् ।
निरौलाको हर्कतलाई लिएर विरोध भइरहेको छ । सरकारी कर्मचारी जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादालाई भुलेर महिलासँग रक्सीले मातेर टिकटक लाइभमा गर्लफ्रेण्डसँग हर्कत गरेपछि आलोचना भएको छ ।
निरौलाले महिलासँगको भिडियोलाई लिएर विभिन्न विषयमा स्पष्टीकरण दिइरहेका छन् । निरौलाले आफ्नो बचाउ गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया