सुन काण्डमा गृहमन्त्रीसँग माफी मागेपछि एमालेभित्र बबाल, आगो बने ओली

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माफी मागेको विषयमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको सातो लिएका छन् ।

सोमबार ललितपुरस्थित एमालेको केन्द्रीय कार्यालयमा बसेको एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकमा ओलीले अध्यक्ष बस्नेतलाई गृहमन्त्रीसँग किन माफी मागेको भनेर सोधेका छन् ।

ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यत्रो सुन तस्करी सरकारको संरक्षण विना सम्भव भएको छैन । किन हतार हतार माफी मागेको हो ?’

ओलीले एक सय सुन तस्करी प्रकणका विषयमा गम्भीर प्रश्न उठाउँदै आएका छन् । गृहमन्त्री श्रेष्ठ पनि सुन तस्करीमा संलग्न रहेको एमालेको आरोप छ ।

बस्नेतले केही दिनअघि एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत नाम जोडेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

गृहमन्त्रीको निजी सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएपछि बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भेटेर आफ्नो सूचनाको स्रोत गलत भएको भन्दै माफी मागेका थिए ।

ओलीले बस्नेतले गृहमन्त्री श्रेष्ठसँग माफी मागेको भन्दै असन्तुष्टि जनाएको बुझिएको छ ।

ओलीले माफी मागेको विषयमा गम्भीर चासो देखाएपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ३ दिनभित्र आत्मालोचनासहित स्पष्टीकरण दिन बस्नेतलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

Published : Monday, 2023 July 31, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया