बिहान ८ बजेदेखि शुरु भएको बहिरङ्ग सेवा प्रभावकारी : मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु भएको बहिरङ्ग सेवा निकै प्रभावकारी सावित भएको बताएका छन् ।
उनले भने, ‘सीमित स्रोत साधनका बाबजुद संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको नि:शुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ ।’
‘कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौँ’, उनले भनेका छन् ।
सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको मन्त्री बस्नेतले बताएका छन् ।
उनले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पुर्याउने बताएका छन् ।
मन्त्री बस्नेतले भने, ‘उपचारका नाममा ठूलो रकम विदेश नजाओस् भन्ने हेतुले विशिष्ट व्यक्तिको उपचारका लागि वीर अस्पतालमा उपचार कक्ष र शय्या बढाउन निर्देशन भइसकेको छ, मानव अङ्ग प्रत्यारोपण केन्द्रको विकास र विस्तारलाई पनि प्राथमिकता दिइनेछ ।’
नेपाली कांग्रेस भक्तपुरका सभापति तथा सांसद दुर्लभ थापाले उपचारका लागि छटपटाइ रहेका मिर्गौला रोग पीडितलाई डायलाइसिस र मिर्गाैला प्रत्यारोपण गर्न बजेट व्यस्थापन, औषधिलगायतमा आफूले सहयोग गरिरहेको बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया