काठमाडौंमा विजय थापाको घरमा छापा, जुवा खेल्ने पदमासहितको समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ कुमारीथान बस्ने विजय थापाको घरमा शुक्रबार राति प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापाको कनकाई नगरपालिका–२ घर भएकी ३५ वर्षीया पदमा मगर समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४ हजार ७ सय १५ रूपियाँ बरामद गरेको छ । प्रहरीले १ बुक तास पनि बरामद गरेको छ ।

Published : Sunday, 2023 July 30, 8:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया