काठमाडौंका एसपी रिजालको मकवानपुरमा काज सुरुवा, यी ३ प्रहरीहरूको पनि सरुवा
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालको जिल्ला प्रहरी कार्यलय मकवानपुरमा काज सरुवा भएको छ ।
काज सरुवा भएका एसपी रिजालसहितका प्रहरी कर्मचारीहरूलाई शुक्रबार टेकुमा आयोजित विशेष समारोहमा काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले विदाइ गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रद्वारा एसपी रिजालको जिल्ला प्रहरी कार्यालय, मकवानपुर काज सरुवा भएको छ ।
एसपी रिजाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक विपिन श्रेष्ठ र प्रहरी वरिष्ठ नायव निरीक्षक ईश्वरबहादुर केसीको पनि काज सरुवा भएको छ ।
लेखा प्रमुखको रुपमा तथा प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु थापाको पनि काज सरुवा भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया