के हुँदै थियो काठमाडौंको रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरमा ?

काठमाडौं । काठमाडौंमा प्रहरीले भालुको पित्त जस्तो देखिने वस्तुसहित दुई जनालाई पक्राउ पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई काठमाडौंस्थित बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोकको नेताचोक घर भई काठमाडौंको बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् ।

सेकुवा कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद वस्तुसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसर काठमाडौंमा पठाइएको छ ।

Published : Friday, 2023 July 28, 9:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया