एक सय किलो सुन तस्करी भएकै बेला विमानस्थलमा सुनसहित सिराज पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेट १ थानसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
हिमालय एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त ब्रासलेटसहित फेला पारी पक्राउ गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
Published : Friday, 2023 July 28, 8:32 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया