स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले धनुषाको जनक नन्दनी गाउँपालिका–३ महुवा ढालाबाट स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

४ लाख ९९ हजार रुपियाँसहित सोही गाउँपालिका–६ कठाल बस्ने ३५ वर्षीय मीनेषकुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले प्रदेश–२–०२–००१ प २०२३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदससहित फेला पारी उनलाई पक्राउ गरेको छ ।

Published : Friday, 2023 July 28, 8:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया