दाङमा बस र टिपर दुर्घटना, १७ जना घाइते

लमही । दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।

घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका– ६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् ।

बसमा सवार २५/२६ जनामध्ये १७ घाइते भएका र उनीहरुको लमही अस्पतालमा उपचार भइरहेको उनले बताए । उनीहरुको अवस्था सामान्य छ ।

डीएसपी गौतमका अनुसार घोराहीबाट लमहीतर्फ जादै गरेको बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो ।

प्रहरीले बस चालक स्मित डिसी र टिपर चालक कुलराज घर्तीलाई नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटना

मिति २०८०।०४।०९ गते अन्दाजी १५:३० बजे जिल्ला दाङ लमही न.पा वडा नं. ६ स्थित लमही-घोराही सडक खण्डको बेलदमारमा लमही बाट घोराही तर्फ आउदै गरेको रा. १ ख. २०१७ नं. को बालुवा बोकेको टिप्परमा बिपरित दिशाबाट जादै गरेको ग. १ ख. ९९७८ नं. को बस ब्रेक फेल भई टिप्परमा ठोकिएको भन्ने खबर प्राप्त हुना साथ व.प्र.का.लमही बाट प्र.ब.ना.नि. लक्ष्मण ऐर (९८४९१८३०६९) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटी गई बसमा सवार अं. २५/२६ जना मध्ये १७ जना मानिसहरू घाईते भई उपचारको लागी लमही अस्पताल लमही दाङ पठाएको, दुवै सवारी साधन र टिप्पर चालक जिल्ला दाङ लमही न.पा. ५ रातोडाँडा बस्ने बर्ष २८ को कुलराज घर्ती घटनास्थलमा रहेको, र बस चालक जिल्ला दाङ लमही न.पा. ५ देउपुर बस्ने बर्ष २७ को स्मित डि.सी. प्रहरी नियन्त्रणमा रहेको, बाटो एक तर्फी सुचारू भईरेको ।
निम्न :-
१. जि.दाङ राजपुर गा.पा. ७ लैबरूवा बस्ने बर्ष ५० की रिता बि.क.को दुवै खुट्टामा चोट,अवस्था सामान्य
२. भारत मध्ये प्रदेश शिवाजी नगर भुषाल बस्ने बर्ष २७ को शनि बिष्ट निधारमा चोट, अवस्था सामान्य
३. जि. दाङ तुलसीपुर उ.म.न.पा. १६ बस्ने बर्ष ४२ को हेम बहादुर बस्नेतको नाक र दाहिने खुट्टामा चोट अवस्था सामन्य (ससत्र बल नेपाल २९ नं. गण हे.क्वा. ज्वालामाही भालुवाङ दाङमा कार्यरत कार्यालय सहयोगी)
४. ऐ. गढवा गा.पा. ४ बस्ने बर्ष ३१ को शम्भु चौधरीको नाक र दाहिने खुट्टामा चोट, अवस्था सामान्य ।
५. जि. रोल्पा रुन्टिगढी गा.पा. ६ बस्ने बर्ष ५२ को ईन्द्र सिंह घर्तीमगरको ओठ र दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
६. जि. दाङ राप्ती गा.पा. ५ बस्ने बर्ष २६ की प्रमिला चौधरीको दाहिने गाला र दुवै खुट्टामा चोट, अवस्था सामान्य ।
७. ऐ. घोराही उ.म.न.पा. १४ बस्ने बर्ष २८ की जुन माया परियार की छोरी बर्ष ५ की एसिका परियारको निधारमा चोट सामान्य ।
८. ऐ.ऐ. बस्ने बर्ष १७ की खुसी परियारको बायाँ हातमा चोट अवस्था सामान्य ।
९. ऐ. घोराही उ.म.न.पा. १४ बस्ने बर्ष ४६ की रामकली बि.क. को दुवै खुट्टामा चोट, अवस्था सामान्य
१०. ऐ. घोराही उ.म.न.पा. ४ बस्ने बर्ष १९ की हिरा बुढामगरको टाउकोमा चोट, अवस्था सामान्य ।
११. ऐ. तुलसीपुर उ.म.न.पा. १३ बस्ने बर्ष ७७ को बिजुली बहादुर घर्तीमगरको बायाँ खुट्टा, बाया हातमा चोट अवस्था सामान्य ।
१२. ऐ.लमही न.पा. ९ बस्ने बर्ष ३० को ओवीराम कुमालको निधार र बाँया खुट्टामा चोट अवस्था सामान्य ।
१३. ऐ.घोरारी उ.म.न.पा. ७ बस्ने बर्ष ४६ की कल्पना थापाको नाकमा चोट, अवस्था सामान्य ।
१४. जि.दाङ राजपुर गा.पा. ७ बस्ने बर्ष ६७ की भद्रिकला घर्तीमगरको चिउँडो र दाहिने तर्फको हात र खुट्टामा चोट, अवस्था सामान्य ।
१५. ऐ.ऐ. बस्ने बर्ष २१ को ज्ञानेन्द्र घर्तीमगरको नाकमा चोट, अवस्था सामान्य ।
१६. जि. दाङ राप्ती गा.पा. १ बस्ने बर्ष ३८ सागर बुढाथोकीको दाहिने आँखाको साईडमा चोट, अवस्था सामान्य ।
१७. जि. बर्दिया बाँसगढी न.पा. ४ बस्ने बर्ष ३३ को हिरालाल अधिकारीको बाँया खुट्टामा चोट अवस्था सामान्य । (ससत्र बल नेपाल २९ नं. गण हे.क्वा. ज्वालामाही भालुवाङ दाङमा कार्यरत स.प्र.स.ह.)

Published : Wednesday, 2023 July 26, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया