दाङ कांग्रेस २ ले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

घोराही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले संगठन सुदृढीकरणका लागि अभियान चलाउने निर्णय गरेको छ ।

आइतबार घोराहीमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले २७ वटा वडाहरुमा प्रतिनिधि खटाउने निर्णय गरेको छ । वडाको वस्तुस्थिति संकलन गरी वडा समितिसँग संगठन सुदृढीकरणका लागि सुझाव संकलन गरेर अभियान अगाडि बढाउने निर्णय भएको क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जनाएका छन् ।

खड्काले वडा तथा टोल समितिहरुलाई नियमित बैठक तथा संगठन सुदृढीकरणको कामहरु गर्न निर्देशन पनि दिएका छन् ।
क्रियाशील सदस्यताको बारेमा वास्तविक आवद्धताको अवस्था र नामावलीसहित प्रतिवेदन पेश गर्न वडा समितिलाई निर्देशन दिने र आवश्यता अनुसार नयाँ सदस्यता थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कांग्रेसले क्षेत्रमा गठन गरिएको क्षेत्रीय प्रशिक्षण शाखामा सदस्य संख्या थप गरेको छ । शाखामा थप ११ जनालाई थप गरी १४ सदस्यीय बनाइएको छ ।

लालबहादुर गिरी, निशान्त आचार्य, खडानन्द खनाल, भुवन चौधरी, डण्डीराम बिक, सरस्वता गौतम, लक्ष्मी लम्साल, देवकला खड्का, कल्पना खड्का, बिजय गौतम र शिरवाज बस्नेत रहेका छन् ।

पार्टीको विधान बमोजिम नेपाली कांग्रेस दाङसँग समन्वय गरी लेबी संकलन गर्ने निर्णय गरेको सभापति खड्काले बताएका छन् ।

Published : Sunday, 2023 July 23, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया