काठमाडौंमै सुष्माद्वारा फेसियल हाउसमा महिलाहरूको नाङ्गो भिडियो बनाएको आरोप, दुलोभित्र लुकिन्

काठमाडौं । ‘स्वघोषित’ आफूलाई नेपालको नम्बर १ दाबी गर्ने सुष्मा श्रेष्ठ (महरा/शाह)ले ‘फेसियल हाउस’मा महिलाहरूको गोप्य भिडियो बनाउन क्यामरा राखेको अभियोगमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ ।

एकहप्ता अगाडि पक्राउ पुर्जी जारी भएपछि सुष्मा फरार छिन् । फरार रहेकै बेला सुष्मा सिंहदरबारभित्र छिरेर तस्विर खिचेर सामाजिक सञ्जालमा राख्ने गरेकी छिन् । सिंहदरबार निकै सुरक्षित ठाउँ हो । अपराध गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएकी सुष्मा कसरी सिंहदरबारभित्र छिरिन् प्रश्न उठेको छ ।

महानगरीय प्रहरी वृत्त गौशाला र डीएसपी सन्दीपबाबु खड्का आरोपी महिला सुष्मासँग निकै निरिह र कमजोर भएको हो कि ? प्रश्न उठेको छ । पीडित भनेकी महिला सरकारी कर्मचारी हुन् । उनी मधेशी महिला पनि हुन् । काठमाडौंमा मधेशी समुदायलाई बस्न र न्याय पाउने ठूलो समस्या छ । मधेशी भएकै कारण गौशाला प्रहरीका डीएसपी खड्का र आरोपित सुष्मा मिलेर पीडितलाई झन् अन्याय गरिरहेका छन् भनेर आरोप लागेको छ ।

सुष्माविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी फरार छिन् । सुष्माले आफूविरुद्धका प्रमाणहरू नष्ट गर्न सक्छिन् । त्यस्तो अवस्थामा पीडित महिलाले न्याय पाउने सम्भावना निकै कम हुन्छ । गौशाला प्रहरीका डीएसपी खड्काले यो विषयलाई ध्यान दिनुपर्छ । होइन भने यो विषय राष्ट्रियस्तरको हुन सक्छ । पीडित महिला आफ्नो इज्जत, मानप्रतिष्ठाका लागि बाहिर देखिएकी छैनिन् । तर, पीडित महिलाको तस्वीर र नाम सुष्माले बाहिर ल्याइदिएकी छिन् ।

अभिनेता पल शाह प्रकरणमा मुछिएकी महिला चर्चित गायिका थिइन् । ती महिलाको तस्विर र नाम कसैले पनि समाचारमा हालेका थिएनन् । अज्ञानबस नाम र तस्वीर हालेपछि पुनः हटाएका थिए ।

प्रेस काउन्सिल नेपालले त्यस बेला विज्ञप्ति नै जारी गरेर पीडित महिलाको गोपनीयतामा ध्यान दिन निर्देशन जारी गरेको थियो । प्रेस काउन्सिलको निर्देशन समाचार लेख्ने, अन्तर्वार्ता बजाउने र सुष्माले पनि ध्यान दिन जरुरी छ । अपराधि गरेको अरोपमा फरार रहेकी सुष्मालाई बोकेर हिँड्ने कथित नेता हुँ भन्ने महिलाहरूले त झनै यो विषयलाई ध्यान दिनुपर्छ ।

जाहेरीमा भनिएअनुसार सुष्माले कपडा परिवर्तन गर्ने रुममा क्यामरा राखेको हो भने गम्भीर विषय हो । त्यो क्यामरा कब्जा गरेर छानविन गर्नुपर्छ । सुष्मालाई हदैसम्मको कारबाही गर्नुपर्छ । होइन भने सुष्मालाई सफाइ दिनुपर्छ । अपराध गरेकी छैनिन् भने सुष्मा कि फरार छिन् ? प्रहरीलाई अनुसन्धानमा किन सहयोग गरेकी छैनिन् ?

कृष्णबहादुर महरा, बालकृष्ण खाण, लोकमानसिंह कार्की, जयप्रकाशप्रसाद गुप्ता, चालेन्द्रशम्शेर राणा, सन्दीप लामिछाने लगायतका हाइलेबलका व्यक्तिहरू पनि अपराध गरेकी कारण पक्राउ परेका छन् । यो कुरा गौशाखा प्रहरीका डीएसपी खड्का र सुष्माले बुझ्न जरुरी छ ।


सुष्माले फेसियल हाउसमा राखिएका क्यामराबाट बनाइएका हाइलेबल वा अन्य महिलाका भिडियोहरू कतै लगेर बिक्री त गरेकी छैनिन् ? अथवा त्यही नाङ्गो भिडियोहरू देखाएर महिलाहरूलाई नाजायज कार्यमा त लगाएकी छैनिन् ? बार्गेनिङ त गरेकी छैनिन् ? यो पनि प्रश्न उठेको छ । गम्भीर कुरा हुँदा पनि प्रहरीले किन लापरबाही गरिरहेको छ ? कतै सुष्मालाई यो कार्यमा गौशाला प्रहरीकै संरक्षण त छैन ?

सुष्माको फेसियल हाउसमा सेवा लिन जाने सेवाग्राहीले गम्भीर भएर सोँच्नुपर्ने भएको छ । सुष्माले ‘फेसियल हाउस’ काठमाडौं उपत्यकासहित देशका विभिन्न सथानमा सात वटा शाखा छन् भनेकी छिन् । यदि काठमाडौंको चाबहिलमा रहेको केएल टावरको फेसियल हाउसमा महिलाहरूले कपडा परिवर्तन गर्ने कोठामा गोप्य क्यामरा राखिएको हो भने त्यो गम्भीर अपराध हो । अपराध मात्रै होइन सष्मालाई देह व्यापारको मुद्दामा प्रहरीले अनुसन्धान र छानविन गर्नुपर्छ भन्ने कानून व्यवसायीहरूको भनाइ छ । सुष्मालाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन ।

गौशाला प्रहरीका डीएसपी खड्काले सुष्माको पक्ष लिएर पीडित महिलालाई न्याय नदिएपछि पीडित माथिल्लो निकायमा जान पाउने कानून र संवैधानिक अधिकार छ । त्यो अधिकारको कसैले हनन् गर्नु हुँदैन ।

सुष्माका गतिविधि र हर्कत कस्ता हुन्छन् भन्ने कुरा उनका सामाजिक सञ्जालमा गएर हेरे पुग्छ । उनका अन्तर्वार्ताका भिडियोहरू हेरे पुग्छ । उनले आफूलाई स्वघोषित महिला अभियन्ता पनि भन्ने गरेकी छिन् । अभियन्ता बनेर अराजक हर्कत गरेपछि शर्मिला वाइबा, ज्वाला संग्रौला, तारा बरालहरूको हालत के भयो सुष्मालाई राम्रोसँग जानकारी नै होला ।

सुष्मा निकै बाठो हुन खोज्दा यस पटक चिप्लिएकी छिन् । यो घटना भएको कुरा धेरै अगाडि भएको रहेछ । उनले गुपचुप मिलाउन खोजेकी पनि रहिछन् । पीडित महिला जाहेरी दिएर बसेकी थिइन् । तर, अपराध गर्ने व्यक्तिले एकपछि अर्को अपराध गर्छ भनेको पुष्टि सुष्माको यो घटनाले गरेको छ । ‘बाँदर बाठो भएपछि…’ भन्ने नेपाली उखान सुष्माको हकमा लागू भएको छ ।

सुष्मा आफैले मिडियाबाजी गरेपछि यती ठूलो गम्भीर अपराध बाहिर आएको छ । सुष्मालाई यो घटनामा छुट दिइयो भने गौशाला प्रहरीलाई महिलाहरू मिलेर घेराउ गर्नुपर्छ भन्ने सुझाव र मागहरू सामाजिक सञ्जालमा आइरहेका छन् । फरार रहेकी सुष्मासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । आइतबार बिहानसम्म सुष्मा पक्राउ परेकी छैनिन् ।

Published : Sunday, 2023 July 23, 9:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया