डीएसपी यादवमाथि आक्रमण, बचाउ–बचाउभन्दै भागेका थिए

काठमाडौं । महोत्तरी जिल्लामा धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त नायक उपरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि कुटपिट भएको छ ।

डीएसपी यादवमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घटना बिहीबार राति १० बजे भएको थियो ।

महोत्तरीको जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा डीएसपी यादवमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले बताएका छन् ।

डीएसपी यादवको दायाँ खुट्टामा गम्भीर चोट लागेको छ । ११ बजे राति घाइते अवस्थामा रहेका यादवलाई अस्पताल भर्ना गराएको थियौं । डीएसपी यादवलाई अहिले काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ ।

घटनास्थलमा बचाऊ–बचाऊ भन्दै डीएसपी यादवले गुहार मागेका थिए । उनी किन राति त्यहाँ पुगेका थिए र के कारणले घटना भयो भन्ने खुलेको छैन ।

घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ ।

टोली शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका छानबिन टोलीका संयोजक एसपी श्रेष्ठले छानबिन गरिरहेकाले अहिले केही भन्न नमिल्ने बताएका छन् ।

Published : Sunday, 2023 July 23, 8:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया