सुन तस्करी काण्डमा गृहमन्त्रीलाई एमालेको चेतावनी

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले १ सय किलो अवैध सुन बरामद प्रकरणमा सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको बताएका छन् ।

शनिबार फेसबुकमार्फत उनले भने, ‘सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरूबाट अरुको गालामा बियाँ टाँस्नेधन्दा जारी छ ।’

पोखरेलले भने, ‘के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्तापक्षधरहरूले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो ?’

‘१०० किलो सुन प्रकरणमा पनि राजश्व अनुसन्धान विभागको नेतृत्व (नवराज ढुंगाना)ले जस पाएकै छ’, उनले भने ।

पोखरेलले शासकीय जिम्मेवारी र दायित्व अरुले गरेको राम्रो कामको जस लिन होडबाजी गर्ने कमजोरीको हकमा टकटकिने नभएको बताएका छन् ।

‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कसको संलग्नता छ र क–कसको संरक्षण छ ?’, उनले भने ।

‘राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौं’, उनले भने, ‘आशंकित सबैलाई छानविनको दायरामा ल्याउन विलम्व नगरौं ।’

Published : Saturday, 2023 July 22, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया